Blog


मेट्न नसकेका अक्षरहरु


""ओई रमेश तलाई उठ्न पर्दैन?" बिहानै ममी ले बोलाउनु भयो। कती राम्रो सपना देखिरा'थे, झन अहिल्यै उठाइदिएर ममी पनि क्या झ्याउ गर्नुहुन्छ भने नि ..........एकैछिन त रिस पनि उठ्छ कैलेकाही त। आँखा मिच्दै उठेर हात एता उता चल्बलाउछु, हिजो राती गीत सुन्दा सुन्दै राखेको मोबाईल फोन को खोजिमा । सधैं को जस्तै उठेर एकचोटी facebook खोले। जे सोचेको थिए त्यै भयो। उन्कै message आएको रैछ ,तर मेसेज चाँही नसोचेको । "म आफ्नो जिन्दगीमा जे सुकै गरु तिमीलाई के चासो?" अचम्मै परे। के पो लेखे रहेछु र हो हिजो निन्द्राको तालमा भनेर अगाडि को मेसेज हेरेको त "खाना पकाउन नजाने पछी के गर्छेउ नि? " भनेर जिस्काएको रहेछु। एक्छिन सोच्छु हैन कती रिस राखिदिएको होला त्यो मान्छे मा। कैले जिस्कायो कहिले चाँही फकायो, एत्ती काम हुने भो हो मेरो त। हुन पनि मोरी बिछट्टै राम्री छ भन्या। नजिस्काइ त बस्नै सक्दिन के गर्नु। फेरी राम्री भएपछी भाउ खोज्नुपर्ने धर्मै रहेछ के रे। हुन त अरु सँग त्यसरी भाउ खोज्दिन होला शायद। तर म सँग भाउ खोज्नु को कारण चाँही बेग्लै छ। लग्भग एक बर्ष अगाडि हाम्रै क्याम्पस आएकी थिइन्। दुर्भाग्य भनु या के भनु उनी एउटा बिषय म आर्को बिषय, देख्नी भनेको भित्र जादा र बाहिर निस्कदा मात्र सम्भब थियो। सुरुको दिन सधैं को जस्तै ढिलो ढिलो गरेर क्याम्पस पुगे। शायद Bachelor त्यहिँ पढिसकेकाले पनि होला या शायद ढिलो जादा जादै बानी परेर होला, म आनन्द सँग भित्र छिर्दै थिए। सबै को गेट भने एउटै थियो। तेस्तैमा एउटा टिलिक्क टल्केको कार आयो र गेट अगाडि रोकियो। र कार बाट एउटी परी को आगमन भयो। आफुलाई ढिलो भएको पनि ख्याल गरिन मैले। एक टक ले हेरिरहे उनलाई। मोहनी नै लागे जस्तो भयो। बरु मोहनी कारबाट झरेकी परी सँग लाग्यो या कार सँग यो चाँही बुज्न सकिन। कार अगाडि उभिएकी थिइ, कारलाई हेरे कि उन्लाई मेसै पाइन मैले त। हस्याङ्फस्याङ गर्दै झरिन। उन्लाई हतार भएको देख्दा मनमनै हासो लाग्यो । उनी आत्तीआत्ती मै भएको ठाउँ तिर पो आइन्। "Biotechnology को Building कता हो नि? " उनले सोदिन्। " हिड, म देखाइदिन्छु "भनेर अली बिस्तारै पाइला चलाऊन थालें । नाम सोदें ,रस्मी रहेछ। भर्खर अर्कोसहर बाट यो कलेज मा आएकी रे। मेरो पाइला सारेको तरिका देखेर उनले प्याच्च भनिहालिन् "अली छिटो हिंड्न मिल्दैन? "मिल्दैन कसरी भन्नु आफुलाई कसरी हुन्छ धेरै बेर उनी सँग बोल्न छ। त्यै पनि मिल्छ नि भनेर उन्लाई उन्को building सम्म पुर्याइदिए। आफु चाँही फर्के आफ्नो कक्षा तिर। तर अचम्म लाग्यो धन्यवाद सम्म पनि भनिन आफुचाही ढिलो हुँदा हुँदै पनि पुर्याइदिराछु झन। बेलुकी फर्कदा देख्छु कि भनेर कुरिरहे तर देखिन। एक दुई हप्ता सम्म देखिन उनलाई। अनी त कुर्न नि झ्याउ लाग्न थाल्यो ।


केही हप्ता पछी को कुरा हो, बिहान अली छिटो क्याम्पस गएको थिए । उन्लाई त्यही बेला मा पहिलेको जसरी नै आएको देखे, फरक एत्ती हो कि त्यो बेला मा उनी म सँग सोद्न आएकी थिईन्। अहिले भने आइनन्। टाढैबाट के छ सम्म पनि भनिनन्।  मलाई त्यही भने नि सायद ३/४ दिनको निन्द्रा बिथोल्न काफी हुन्थ्यो होला। खै देखिनन् होला भन्ठानेर आफैलाई सान्त्वना दिने प्रयास गरेँ। पछि पछि लाग्नु पनि अल्लि नसुहाउला भन्ठानेर फर्कदैँ थिएँ । उनी गएर सन्तोषसँग बोलेको देखेँ। सन्तोष र म Bachelor सँगै पढेको थियौँ। केटो बोल्नमा एकदम टाठो थियो । आफुँ केटि हरु सँग सुरुमा बोल्न पर्यो भने भएका सबै बोल्ने बहानाहरु सिद्दिएर आउथ्यो । उसलाई बोल्न पर्यो भने नभएका बहाना पनि कता कता बाट उडि उडि उसैलाई भेट्न आएझैँ भान हुन्थ्यो। कहिले अचम्म लागेर आउथ्यो उसको कला देखेर। आज कता कता रिस उठेर आयो। कम्तिमा एउटीसँग त छाड्नु नि बोल्न। सायद उनलाई मेरो नाम सम्म पनि याद थिएन होला तर मलाई भने अहिले देखिनै केवल आफ्नैमात्र हो झै लाग्न थालि आयो। सन्तोषले मलाई देखेपछि म भएतिर आयो। भित्र जे भएपनि एउटा सदाबहार मुस्कानको फोको छरेर "के हो पारा त" भनेर सोधेँ । उसले बुझेछ क्यारे तेस्तो हैन, स्कुलदेखि कि साथि हो भन्यो । एक्कासि कता कता हराएर बसेको आत्मियता फेरी पलाएर आयो। तेस्तो अवसरवादी त थिईन म तर किन किन एक्कासी उ नै सबैभन्दा आत्मिय हो झै लाग्न थाल्यो आज आएर।

Stop waiting.
Feel free to

Message Me.

I new friends!