Blog


रानीपोखरी


लाखौँ अाए, ऊनको एक झलक हेरेर गए। तर पनि ऊनले कहिल्यै हातलाई निधारमाथी लगेर उनीहरुको अागमनमा उत्सुकता जनाईनन्। न ऊनले ऊनिहरुको वियोग प्रति कुनै हतास नै जनाईन्। मनभरि का ति सबै भावनाहरुले कहिल्यै अाफुलाई घेर्ने जलकुण्डमा छालहरु पाएनन्। ऊनलाई अाफ्नो झलक देखाउन अाउनेलाई द्वारमै रोकेर राखिन् वर्षै भरि।

न अाफुलाई लुकाउने कोषिश नै गरेकी छिन् त्यो धुलो र धुवाँको बादललाई अाफ्नो छत बनाएको सहरबाट ।बस अाफुलाई अलि पर राखेकी छिन् वरिपरि पानीले घेरिएर। साहेद उनी त्यो सहरमा उडेको फोहोरसँग तर्सिएकी छिन्।साहेद ऊनले त्यो फोहोर रोक्न मौन अाव्ह्वान गरिरहेकी छिन्।तर चिच्याई चिच्याई उफ्री उफ्री आग्रहलाई फिरौति बनाउने एउटा नयाँ परिपाटी बनाइसकेको छ त्यो सहरले। यस्तोमा त्यो मौन आग्रह कसले पो बुझ्थ्यो र। आफ्नो दुरिले आफ्नो मौनता हराउने डरमा हरेक बर्ष एक दिन सबैलाई आफ्नो आग्रह नियाल्न बोलाउछिन । कोही उनको दर्शनको मौका ठानि पुग्छन त कोहि अनुभव र रमाइलाका लागी।तर उनले व्यक्त गर्न खोजेका आग्रह जस्ताका तस्तै छन्।हरेक बर्ष भाईटीका आउदैँ जाँदै छ।ऊनका आव्ह्वान अझै उस्तै छन्।छेउमा सडक नभएको हैन तर उनको समस्या बुझेर ऊनीसम्म कोही पुग्न सकेका छैनन् ।कठै रानीपोखरी।।


Stop waiting.
Feel free to

Message Me.

I new friends!